“अन्तर्मनको यात्रा” पढिसकेपछि
हिजो मैले जगदीश घिमिरेको “अन्तर्मनको यात्रा (आत्मालाप)” पढेर सकेँ, जसका लागि घिमिरेले २०६४ को मदन पुरस्कार तथा उत्तम शान्ति पुरस्कार पाएका थिए। वि सं २०६४ को चैत २८ गते (लेखकको जन्मदिन) प्रथम प्रकाशनमा आएको यो कृतिको मैले २०६५ आश्विनमा निस्केको सातौँ सँस्करण पढेको हुँ। कृतिको वारेमा कृष्णमुरारी भण्डारीले “बेला-बेलामा करेन्ट लागेको जस्तो झड्का लाग्छ”भनेका छन्। यसले मलाई पनि कैयौँ ठाउँमा अडिएर सोच्न लगायो। ती मध्ये केहि कुराहरू यी हुन्:
- लेखक पत्नी दुर्गा घिमिरेले कृतिको वारेमा यस्तो लेखेकी छन्: “जगदीशले यो कृति मेरा आँसुका मसीले लेखेका हुन्।”
- पृ ३४ – “सबै सूचकहरू भन्छन् – नेपालको पतन हुनाको पहिलो कारण नेताहरूको भ्रष्टाचार र दोस्रो कारण रक्सी हो।”
- पृ ४४ – “मलाई धेरै पछिसम्म पनि यो थाहा भएन कि नेपालमा यौटा मात्र कर्म थियो र छ। त्यो हो चाकरी।”
- पृ ४५ – “विल्हणको श्लोकको भरतराज पन्तको अनुवाद: पस्ने र निस्कने गर्छन् राजाको द्वारको भग। विद्वान जन लिङ्गजस्ता छन् अण्ड जस्तै छ विल्हण।।”
- पृ ६३ – “यू जी कृष्णमूर्तिसम्बन्धी केही पुस्तकमा यस्तो सूचना हुन्छ: ‘मेरो उपदेश – तिमी यही शब्द प्रयोग गर्न चाहन्छौ भने – को कुनै सर्वाधिकार छैन। मेरो वा अरु कसैको स्वीकृतिविना नै कसैले पनि यसलाई पुनरुत्पादन गर्न, वितरण गर्न, व्याख्या गर्न, अपव्याख्या गर्न, बिगार्न, नबुझिने पार्न, जे मन लाग्यो गर्न, लेखकीय स्वामित्वसमेत दावा गर्नसक्ने छ।’”
- पृ ८४ को “शुभचिन्तकहरू” कथा
- पृ ९१ – “भन्छन् मकै पिस्ता घुन पिसिन्छ, तर नेपालमा मकै होइन घानका घान जनतारुपी घुन पिसिन्छन् र ती घुन पिसिँदा पिसिनु पर्ने मकैका गेडा पनि आक्कलझुक्कल पिसिन्छन्। नेपालमा त्यो भुमरी ल्याउने, त्यो जाँतोको घुमाउने हातो भने विदेशको हातमा छ।”
- पृ ९१ – “आधुनिक गैससवाला सरकार र नेताहरू जस्तै मौरी हो। उसको डलर मह हो। जहाँ डलर हुन्छ त्यहाँ सरकार र नेता सँगसँगै गैससवाला पनि हुन्छ। त्यो डलर, त्यो मह देशको लागि रसादि हो कि विषादि – सरकार, नेता र गैससवालाले छ्यान विछ्यान गर्दैनन्। उनिहरूलाई तत्काल गुलियो चाट्न पाए पुग्छ। डलर उनीहरूको स्वभाव हो। अथवा दाता दूध ख्वाउने र बीन बजाउने सपेरा हो र उनीहरू सपेराको दूधको बल र बीनको धुनमा नाच्ने विषको थैलो झिकिएका गोमन साँप हुन्”
- पृ ९७ – “उनीहरूको विचार त्यस्तै हो जस्तो – दूध सुकेकी आमाको मासु खानु हुँदैन; त्यसैले तिनको सट्टा मासु खान हुने बूढी बाख्रीको आर्थिक उपादेयता छ भन्नु।”
- पृ १०६ – “अघिअघि पश्चिमाहरू कम विकसित विश्वमा पानी जहाज र घोडा चढेर आउँथे र तोपबाट गोलाहरू हानेर साम्राज्य विस्तार गर्थे। अबका पश्चिमाहरू हवाइ जहाज र एसयूभी गाडी चढेर आउँछन् र आइएनजीओबाट डलरका गोलाहरू हानेर साम्राज्य विस्तार गर्छन्। स्थानिय एनजीओहरू त आइएनजीओका ठेकदार वा एजेण्ट भए भए, सरकार र सबै क्षेत्र, लिङ्ग, जाति, वर्ग र पार्टीहरूका नेता र सम्भ्रान्तहरू पनि तिनका ठेकदार वा एजेण्ट भएका छन्।”
- पृ १४८ – “यस अवधि(पाठको सन्दर्भ अनुसार २०४६-२०६४)मा नेतृत्वको तहमा बसेका ती सबै पापी र बदमास नेताहरू र त्यो प्रवृत्तिलाई निर्मूल, शब्दश: निर्मूल नपारेसम्म यो देश उँभो लाग्दैन।”
- पृ १८३ – “तिनै फिरङ्गी माग्नेहरू (पाठको सन्दर्भमा लण्डनको चारिङ्ग क्रस र ऐम्बैङ्कमेण्ट सुरुङ्गे रेल स्टेशनका मगन्ते फिरङ्गीहरू) पनि नेपाल आए भने उनीहरूले उहिँबाट नेपालको भिसा लिएर आउनु पर्दैन। आफ्नै बाबुको बिर्तामा आको जस्तो गरी सुइँसुइँ आए हुन्छ। त्रिभुवन विमानस्थलमा तिनका लागि रातो गलैँचा ओछ्याइएको हुन्छ। ज्वाइँको जस्तो मान पाउँछन्। हामीले फिरङ्गगीका पाउमा नाङ्गेजार भएर दिएको जस्तो सामाजिक-आर्थिक पृष्ठभूमिको लाजमर्दो विवरण पनि पेस गर्नु पर्दैन। उनिहरू यो मुलुकमा जहिले र जसरी पसे पनि पस्तापस्तै उनीहरूका करकमलमा नेपालको भिसा हाजिर हुन्छ।”
- पृ १०७ – मा उदृत श्लोक: “अमन्त्रम् अक्षरं नास्ति नास्ति मूलमनौषधम्। अयोग्य: पुरषो नास्ति योजकस्तत्र दुर्लभ:।। कुनै अक्षर त्यस्तो छैन जो मन्त्र नहोस्, कुनै जरो त्यस्तो छैन जो औषधि नहोस्। कुनै पुरुष त्यस्तो छैन जो योग्य नहोस्। योजक मात्र दुर्लभ छ।”
लेखकका कुनै ठाउँमा लेखेका यी कुराहरू अन्य कतिपय ठाउँमा बाझिएका पनि छन् तर यो कृतिमा मात्र आधारित भएर हेर्दा मैले घिमिरेलाई एक स्वाभिमानी लेखक, विकासे कार्यकर्ता, चिन्तक र सामाजिक नेताका रुपमा पाएँ। उनले यस पुस्तकमा उनले आफै खोलेको तामाकोशी सेवा समिति, मन्थली र रामेछापको धेरै नै वर्णन गरेका छन् तथा क्यान्सर रोगको किमो उपचार पद्धतिले पनि ठुलै ठाउँ पाएको छ। हुन त यो उनको आत्मालाप भएकाले उनलाई र उनले प्रभाव पारेका कुराहरूले प्राथमिकता पाउनु कुनै नौलो कुरा होईन।
छ महिनामा सातौँ सँस्करण निस्कनुले यो कृतिले ठूलै लोकप्रियता पाएको देखिन्छ। यो आत्मालाप राम्रो छ, तर मैले यस कृतिको बारेमा पढेका, सुनेका वर्णनहरूले जगाएको आशा अलि बढी नै थियो। कृतिले यत्रो सफलता पाउनुमा कृतिको आफ्नो हात त छैँदैछ तर लेखकको कृति लेख्दाको अवस्था (निको नहुने रगतको क्यान्सरबाट पीडित) र उनको पहुँचवालाहरूसँगको चिनजानले पनि ठूलै भुमिका खेलेको जस्तो लाग्यो।
केहि थप कुरा:
मैले माथिको कुरा लेखेर ब्लगमा राखेपछि यो थप कुरा लेख्न शुरु गर्दासम्म बिबेक, कुमार, ज्वलन्त र अङ्कुरले प्रतिक्रिया लेखिसकेका छन्। ती प्रतिक्रियाहरू हेरिसकेपछी फेरि केहि कुरा थप्न मन लाग्यो। प्रति-प्रतिक्रिया लेखेको भए पनि हुन्थ्यो तर माथि नै थप्न मिल्थ्यो तलका कुरा थपेँ।
प्रा डा गोविन्दराज भट्टराईले १४ पृष्ठ लामो भूमिकामा लेखेका छन्: “अन्तर्मनको यात्रा लेखकको विशेष मनोदशाले उत्पन्न भएको कृति हो। मृत्युको पार्श्वछायाँसँग जम्काभेट नभएको भए यो लेखिने थिएन।” त्यसै कारणले पनि होला लेखकले यसमा कुनै न कुनै रुपमा जीवन-दर्शन र जीवनयापनलाई विश्लेषण गर्ने प्रयास गरेका छन्। विश्लेषकहरूलाई पनि त्यहि संवेदनशिलताले प्रभावित पारेर हो कि के हो, यस कृतिले स्थान तथा चर्चा चाहिँ आवश्यकता भन्दा अलिकति बढी नै पाएको जस्तो लाग्यो।
पीटर कार्थक, नरहरि आचार्य लगायत अन्य पाठकहरूले भनेझैँ घिमिरेले यो आत्मालाप लेखेर नेपाली साहित्यमा एउटा नयाँ बिधाको शुरुवात गरेका छन्। यो लेखकको व्यक्तिगत अलाप भएपनि यसले उनको जीवनकालको नेपालको एउटा चित्र पनि सँगै बोकेको छ। त्यसैले घिमिरेको यो लगभग अढाई सय पृष्ठ लामो आत्मालाप पनि नेपाल, नेपाली साहित्य, जीवनशैली, सामाजिक सेवा र वर्तमान राजनीतिमा चासो राख्नेहरूका लागि पठनीय छ।
Fedora 10 Cambridge Release Party in Nepal
Fedora 10 Cambridge Release Party was organized in Nepal on Saturday, 29th November with more than a hundred participants.
There were different sessions in the party. Freedom Music, Fedora Talks, Tux Racer, Fedora Rangoli, Who is feeling lucky and DVD distribution. Fedora ambassadors for Nepal Abhishek Singh, Ujjwol Lamichhane and Tushar Neupane talked about Fedora Project, Fedora 10, and it’s features. Altogether 10 gifts, 2 Fedora T-Shirts (photos below), 2 Fedora Live USB, 4 FOSS Nepal T-Shirts and 2 T-Shirts donated by WCDF Nepal, were distributed to participants selected from a computer program and the first and last tux-racers.
Now, I leave these photographs to talk about the party:
Thanks to Jwalanta, Akash, Surmandal and Saroj for the cool snaps.
Un-Happy Birthday to You :(
According to the Guinness Book of World Records, “Happy Birthday to You” is the most popular song in the English language. BUT did you know that the song is copyrighted and the copyright is currently owned and actively enforced by Time Warner?
This means that if you wish someone “Happy Birthday” by singing the song “Happy Birthday to You” at a place “open to the public or at any place where a substantial number of persons outside of a normal circle of a family and its social acquaintances is gathered”, without paying royalties to the owner, that is a copyright infringement.
According to US law, “Happy Birthday to You” won’t go to the public domain until 2030.
More about it at:
शेर्पा दाइको आतिथ्य सत्कार भन्छ अझै छन् चोखा मनहरू
लेख्यो, मेट्यो, फेरि लेख्यो अनि फेरि मेट्यो। भुपि शेरचनले आफ्नो बारेमा एक पटक लेखेजस्तो: “केही लेख्छन् यसो हेर्छन् चित्त बुझ्दैन अनि केर्छन् पुन: लेख्छन् पुन: हेर्छन् लामो सास फेर्छन् कठैबरा, बिचरा ‘भूपि’ शेरचन !” नलेखेको धेरै समय भएर हो कि आफूलाईलेख्नै नआएर हो, झ्याप्प चित्तै नबुझ्ने। धेरै पटक लेख-मेट गरेपछि त मेट्न पनि अल्छी लाग्न थाल्यो, ह्या जस्तो भए होस् भनेर छाड्दिन थालेपछि पो अलिकति अलिकति गर्दा गर्दै अक्षर सङ्लिन थाले। केहि दिन अघि ज्वलन्त, विवेक र म दुगुना गढी घुमेर फर्किदा हामीलाई बास दिएका एकजना शेर्पा दाईको बारेमा केहि लेख्न मन लागेर बस्दाको कुरा हो यो। एकछिन पछि हेर्दा त मुख्य कुरा छुन नपाउँदै ७-८ सय भन्दा धेरै शब्द पो जेलिईसकेछन् एक आपसमा, अर्थ दिए पनि नदिए पनि, आफूलाई पटक्कै चित्त नबुझे पनि, ती शब्दहरुको शब्दअधिकारको सम्मान गर्दै शिर्षक अलि सच्याएँ अनि एउटा पोको पारिदिएँ। ए! फेरि बरालिन पो थालेँछु। यस्ता कुरालाई दमालिन दिने हो भने त फेरि अहिले पनि प्रसङ्ग नछोई अर्को पुर्णविराम लाग्ला भन्ने डर।
गएको साउन १७ गते शुक्रवार एउटा रमाईलो पैदल यात्राको खोजिमा विहान काठमाडौबाट हिडेका हामी(ज्वलन्त, विवेक र म)१०८ किलोमा अरनिको राजमार्ग छोडेर भैरवकुण्ड जाने पैदलमार्ग पछ्याउँदै यार्मासिङ् गाउँको सिरानमा रहेको दुगुना गढी पुगेका थियौँ। हामीलाई हिड्न अझै पुगेको थिएन तर अलि धेरै नै नहिडी नजिकको अर्को गाउँमा नपुगिने भएकाले हामी त्यो दिन यार्मासिङ् मै बस्न पर्ने भयो। लगभग ६बजेसम्म गढीमा विताएपछि हामी ओरालो लाग्यौँ। कुईरोले ढपक्कै ढाकेको बेलामा ५ बजेपनि उस्तै ६ बजेपनि उस्तै।
केहि तलको एउटा घरमा छिरेर हामीले खाने र बस्ने ठाँउ कता पाईन्छ भनेर सोध्यौँ। त्यो घरकी दिदीले भनिन् “बास दिनलाई त कोठाहरूमा काम भईराखेको छ, केहि खानेकुरा बरु बनाईदिन्छु, बस्नुस्।” केहि खान चाँहि पाईयो भनेर हामी घरको पेटीमा के बस्न लागेका थियौँ, दिदीले “कहाँ बाहिर बस्ने, माथि आउनुस्, माथि” भन्दै माथिको तलामा बोलाएर एउटा आरामदायी ठाउँमा पो बसाईन्। घरमा दुईजना बुढा-बुढी मात्रै बस्दा रैछन्। त्यहाँ एउटा रङ्गिन टेलिभिजन थियो, तर साधारण एन्टेनाबाट कुनै च्यानल नटिप्ने भएकाले नेपाल टेलिभिजनका कार्यक्रमहरू रेकर्ड गरि बनाईएको सीडी चलिराखेको थियो। दिदीले हामीलाई लगभग एक धार्नी जति आलु उसिनेर नुन, पीरो चटनी र एक करुवा पानी सित टक्र्याईदिइन्। अनि त्यो नभ्याउँदै स्टीलका ठूला गिलासमा तात्तातो चिया। त्यतिवेलाको त्यो आलु खाँदाको मज्जा काठमाण्डूका रेष्टुरेण्टमा त कल्पना गर्नु पनि मुर्खता हुन्छ। अन्तिममा दिदीले पैसा लिन साह्रै अप्ठ्यारो मान्दै दिदीले भनिन्,”चालिस् रुपैयाँ जति दिनुस् न!” मुरी मुरी धन्यवाद सहित पैसा दिएर हामी बस्ने ठाउँको खोजीमा लाग्यौँ।
दिदीले भनेकी थिईन्, “तलतिर, बस्ने ठाउँ जत्ति पनि पाईन्छ, हाम्रोमा बनाउँदै छ, नभए यहिँ बस्न हुन्थ्यो।” अनि खै कुन प्रसङ्गमा हो, दिदीले के बुझेर हो कुन्नी “अलि तल गेष्ट हाउस पनि छ” भनेकि थिइन्। अनि हो न हो हामीले तल झरेर गेष्ट हाउस कता हो भनेर सोध्न थाल्यौँ। झमक्कै अँध्यारो भईसक्यो तर गेष्ट हाउसको केहि टुङ्गो लागेन, कसैले “खै थाहा भएन तल सोध्नुस”, भन्थे त कसैले के। मेरो मोबाईलमा भएको फ्ल्यास बत्तीको उज्यालोमा जसोतसो तीनजनाले पाईला टेक्ने ठाँउ ठम्याउँदै हिँड्दै रह्यौँ। बास मागेको भए अलि माथि नै पाइन्थ्यो होला तर सबैले बत्ती निभाएर सुत्न थालिसके, गाउँको पुच्छार आउन आँट्यो तर हाम्रो बासको टुङ्गो थिएन। अब हामीले गेष्ट हाउस साउस खोज्न हैन, बास माग्न थाल्यौँ। एउटा घरमा सोधेको हामीकहाँ तीनजनालाई खाट पुग्दैन, दु:ख पाउनु भन्दा तल एउटा नयाँ घर बन्दैछ त्यहाँ प्रसस्त ठाउँ छ, त्यहि जानुस भने। अनि त्यो नयाँ घरमा चाहिँ यहाँ ठाउँ त छ तर लुगा सुगा केहि छैन तलतिर जानुस न बास पाईहालिन्छ नि भन्दिए। के गर्नु, ओरालो लाग्यौँ। त्यहाँबाट रातिमा राजमार्गसम्म झर्न सकिने अवस्था थिएन, एक त हामी धेरै टाढा थियौँ, अर्को त्यो मोबाईलको उज्यालोले कतिबेर सम्म धान्नु। त्यसमाथि राजमार्गमा झरेर पनि सबैभन्दा नजिकको बजार तातोपानी कति टाढा छ भन्नेसम्म थाहा थिएन।
बिलखबन्दमा परेका हामी तब दङ्ग परियो जब सुतिसकेका “शेर्पा दाइ” हामीले बोलाएपछि उठेर हामीलाई बास दिन तयार भए। दाइले माथि बोलाएर घरमा भएका दुईटा कोठामध्ये एउटामा हामीलाई छिराए। मलाई अचम्म लागिराखेको थियो – अहिलेको जमानामा, धेरै कुरा नसोधी,कत्ती पनि आनाकानी नगरी, यति सजिलै कसैले रातीमा आएका तीन तीन जना ठिटाहरूलाई बास देला भन्ने कुरा मैले सोचेको थिइन। हामी घरभित्र छिर्न पाईयो भनेर मख्ख थियौ, उता दाइले चाँहि “हामीले त खाएर सुतिसकेका थियौँ, तपाईँहरू के खानुहुन्छ खै?” भन्न पो थाले। हामीले माथि आलु खाएर आएकाले सुत्ने ठाँउ पाएपछि पुग्यो भन्यौँ तर दाइले मानेनन् “हैन, केहि खान पर्छ, अलिकति आलु उसिन्दिन्छु, त्यहि भएपनि खाएर सुत्नुहोला” भनेर तल झरिहाले।
तल झरेर आलु पाकुञ्जेल हामी दाइसित गफ गरेर बस्यौँ। दाइले हामीसित नहिच्किचाइकन उनका व्यक्तिगत जीवनका कैयौँ कुरा गरे। आफूले पनि एक पटक बास नपाएर अप्ठ्यारोमा परेको र लामा भाषा बोल्न जानेकै कारणले एक जनाले बास दिएको र हिउँले खानबाट बचेको कथा सुनाउँदै भने, “अहिले तपाईहरूलाई देख्दा मैले झल्झली त्यहि कुरा सम्झिराखको छु।”
आलु खाएपछि, उनले हामीलाई पट्याएर राखेका तन्ना र सिरक निकालेर ओछ्यान तयार गरिसकेपछि “सुत्ने बेलामा बत्ती निभाउनुहोला है” भन्दै अगाडिको कोठामा गएर सुते। ज्वलन्तले अघिल्लो पोष्टको प्रतिक्रियामा लेखे जस्तै शेर्पा दाइको सत्कार अनि सहयोगी व्यवहार साँच्चै नै हाम्रो नेपालीपनको धमिलिएको छविप्रति कडा प्रहार थियो। यतिबेला मैले एउटा अङ्ग्रेजी भनाई सम्झिराखेको छु:
“God won’t ask the square footage of your house, He’ll ask how many people you welcomed into your home.”
पछि जाँगर चलेको बेला, अरु बाँकि कुराहरू र उनले आलु उसिन्दै गर्दा भएका वार्तालापको एउटा अर्को पोष्ट लेख्नु पर्ला। अहिलेलाई शेर्पा दाइलाई हृदयदेखि धन्यवाद दिँदै यतिमै विराम।
बेवास्ता कि अज्ञानता?
कोशीमा बाढी आयो, पत्रिकाले ठूल्ठूला अक्षरमा छापे: “कोसीमा बाढी”, दशैँलाई “दसैं” छापियो। यस्ता लेखाईमा हुने/गरिने गरेका अशुद्धताले आकाशै छुन आँटिसके। यतिले अझै पुगेन, अब हुँदा हुँदा नेपाली शब्दहरू समेत सङ्कटमा पर्न पो लागे।
दिपावलीलाई दिवाली भनिएको वारेमा विवेकको व्लगमा छलफल भइराखेको छ।
अस्ति शुक्रवार एउटा नेपाली चलचित्र पुरस्कार आयोजना गरिएको रहेछ, सर्वोत्कृष्ट “नेपाली” चलचित्रको पुरस्कार पाएछ चलचित्र “तकदीर”ले। त्यस्तै अर्को पुरस्कृत “नेपाली” चलचित्र छ चलचित्र “किस्मत”।
चलचित्रमा हुने सम्वादहरूमा गरिने भाषाको बेवास्ताको कुरा त परै छोडौँ, यसरी पुरस्कृत गरिने स्तरका चलचित्रको नामका लागि मात्रै पनि नेपाली शब्द नभेटिएका हुन् त?
यो बेवास्ता हो कि अज्ञानता?
Open Access Day
October 14, 2008 will be the world’s first Open Access Day. Open Access Day is being celebrated to help to broaden awareness and understanding of Open Access, including recent mandates and emerging policies, within the international higher education community and the general public.
दुगुना गढीको यात्रा, जुकाको जात्रा
लौ, कसरी हाँस्छ? के देखेर हाँसेको यो? यार्मासिङ़को उकालो चढ्दै गर्दा एउटी बुढी आमैले मलाई हेरेर मुसुक्क हाँस्दै भनिन्। मलाई उनको व्यवहार कस्तो कस्तो आफ्नै आबै जस्तो लाग्यो, आबैलाई नभेटेको धेरै भईसकेको थियो, अलि अलि भएपनि निरस मेटियो।
हामी भन्दा केहि अगाडि, उपचारको लागि काठमाडौ गएर आफ्नो गुम्वा फर्किदै गरेकी, एउटी आनी थिईन्, विवेक र म सँग-सँगै थियौं, ज्वलन्त चाँहि फोटो खिच्दा अलि पछि परेकोले हामीलाई भेटाउन लामा लामा पाईला सार्दै थियो। ज्वलन्तको पछि पछि माथ्लो गाउँबाट अरक (शेर्पा भाषामा रक्सी)ल्याउन फुरुङ्ग पर्दै हिंडेका, ठुल्ठुला खाली जर्किन बोकेका, केटाकेटीहरु थिए।
हाम्रो गन्तव्य थियो – दुगुना गढी । नेपाल-चीन सिमाना नजिकै, सिन्धुपाल्चोक जिल्लाको तातोपानी गा वि स मा रहेको सो गढी ले नेपालको इतिहासको एउटा महत्वपूर्ण हिस्सा बोकेको छ। बिभिन्न समयमा नेपाल-तिब्बतबिच भएका लडाईंहरुमा नेपालको सेनाले यो गढीको प्रयोग गरेको थियो। त्यहाँ भएको एउटा शिलालेखमा (तश्विर तल) जङ्गबहादुर कुँवरको नाम छ।
तर हामी कुनै ऐतिहासिक खोजको लागि त्यहाँ गएका चाँहि हैनौ। ऐतिहासिक खोजीको कुरा गर्दा मेरो आफ्नै गाउँको नजिकै रहेको एउटा गढीको सम्झना आयो – जसको मैले कतै उल्लेख भएको पाएको छैन। हामी काठमाडौंको होहल्ला र अस्तब्यस्तताबाट केहि बेरको लागि भएपनि छुटकरा पाउने गरि एउटा रमाईलो पैदल यात्राको खोजीमा थियौं।
अघिल्लो राती आइ-आर-सी मा गफगर्दै गर्दा ज्वलन्तले “ईन-टू-द-वाइल्ड” को क्रिस मक्यान्डलिसका शब्दहरु लेख्दै थियो, “सोस्साईटी, सोस्साईटी, गेटिङ आउट अफ दिस सीक सोस्साईटी”। तर हाम्रो यात्रा क्रिसको जस्तो भने थिएन, हामी मात्र दुई दिनको लागि काठमाडौं छाड्दै थियौं।
काठमाडौंबाट बाह्रबिसेसम्मको ५ घण्टाको बसयात्रा अनि बाह्रबिसेदेखि १०८ किलो(अरनिको राजमार्गको काठमाडौंबाट १०८ किलोमिटर)सम्मको छतयात्रापछि झोलुङ्गे पुलबाट भोटेकोशी तरेर हामी उकालो लागेका थियौं। हामीलाई बसबाट ओर्लेर उकालो लाग्ने ठाउँ (१०८ किलो) भेट्टाउन चाहिँ साच्चै गाह्रो भएको थियो।
बिहान पुरानो बसपार्कमा गएर तातोपानी, बाह्रबिसेतिर जाने बसको टिकट काउन्टर, बसवालाहरु, खलासीहरु सबैलाई सोध्यौं तर काम लागेन। मात्र यो ब्लगकै आधारमा हामी हिंडेका थियौं। बाह्रबिसे जाने बसको खलासीले, “१०८ किलो त बाह्रबिसे भन्दा केहि वरै पर्छ,” भनेकाले हामी उसकै बसमा चढ्यौं। पछि मात्रै थाहा पाईयो, १०८ किलो त बाह्रबिसे भन्दा अझ २१ किलोमिटर अगाडि पो रैछ अनि त्यो ठाउँलाई त्यतातिर सजिलोको लागि ८ किलो (१०८ को सट्टा) भनिंदो रहेछ। “भाईहरु कहाँबाट आउनुभयो, म चाहिँ यहिंको भएर पनि अझै त्यहाँ पुगेको छैन,” बाह्रबिसेबाट लिपिङ(नेपाल-चीन सिमाना) जाने बसको छतमा भेटिएका एक स्थानियबासीले भने। उनिबाट हामीले त्यताको बारेमा धेरै कुराहरु थाहा पायौं।
बस टन्न भरी थियो, हामी बाह्रबिसेबाट हिंड्दा छतमा मात्रै कम्तिमा ४० जना थियौं। जब अलि अप्ठ्यारो बाटो आउथ्यो, खलासी तलबाट चिच्याउँथ्यो, “अलि बिच्चमा बस्नुस है, बिच्चमा”। साच्चै त्यतिबेला मैले गौशाला चोकमा ट्राफिक प्रहरीले राखेको विज्ञापनको “यमलोक यात्रा सेवा”लेखेको बस झल्झली सम्झिराखेको थिएँ।
तर छर्लङ्गै देखिने गरि केहि तल गर्जिंदै बगिरहेको भोटेकोशी अनि आफैमाथि खस्ने पो हुन् कि जस्ता अग्ला अग्ला झरना हेर्नको मज्जा बसभित्रबाट कहाँ पाउनु?
झोलुङ्गे पुल तरिसकेपछि किन किन अर्कै दुनियाँमा पुगे जस्तै लाग्यो।
बाटोमा भेटिएको पानी घट्टला ई चलाउन खोज्दा पाईप फुस्किएपछि जोड्नै सकिएन, के गर्नु त्यत्तिकै छोडेर उकालो लाग्यौं। हामी अर्को दिन बिहान फर्किंदा घट्ट मालिकले त्यो पाईप जोड्दै थिए। उकालोमा जस्ले भेटे पनि “कहाँ पुग्ने हो?”, “कहाँबाट हो?” भनेर चाँहि सोधिहाल्ने। हामीलाई केहि हतार थिएन, साँझ पर्दासम्म गढी घुमिसकेर कतै बास खोज्न पाए पुग्यो। त्यसैले हामी गाउँलेहरुसँग गफ गर्दै, बिच बिचमा थकाई मार्दै हिड्यौं।
ए, मैले एउटा कुरा त लेख्नै बिर्सेको, बाह्रबिसे जाने बसमा एउटी आनी छेवैको सिटमा थिईन्, हाम्रो गफ रमाइलो लागेर होला, उनले हामीलाई निक्कै ध्यान दिइराखेकी थिइन्। बाह्रबिसे ओर्लेपछि हामी १०८ किलोको चक्करमा लाग्यौं उनी कता लागिन हाम्रो चिन्ताको कुरो भएन, एक्कासी यार्मासिङको उकालोमा पो टुप्लुक्क भेट्टिइन्। त्यहाँबाट हिडेर पुग्न सिङ्गै एक दिन लाग्ने ठाउँको गुम्बामा बस्ने ती आनी काठमाडौं उपचारको लागि आएकी रहिछन्। उनि भन्दै थिइन् “आज यतै माथितिर बास बस्नु पर्छ, अनि भोलि दिनभरि हिडेपछि गुम्बामा पुगिन्छ।” बाटोमा उनले कर गरेरै हामीलाई नासपाती खान दिईन। उनी काठमाडौंदेखि गढीसम्म लगभग सँगै भएकाले उनको बारे यत्ति कुरा चाँहि लेख्न मन लाग्यो।
भूमिचौर स्कुल मास्तिरको चिया पसलमा बसेका एकजना दाईले पो हँसाए त, “दाई यतातिर कत्तिको जुका लाग्छ?” भनेर सोध्दा, “लाग्दैन, लाग्दैन, केहि चिन्तै मान्न पर्दैन, अलि अलि कमिलाले चाँहि टोक्ला” पो भन्छन् बा। अलि माथि पुगेपछि त जुकाले जात्रा देखाउन थालि हाले नि! पैतालादेखि घाँटीसम्म जुकाकै हैकम्। आनीले दिएको नासपाती खाउन्जेलसम्म पनि केटाहरु जुका छल्न यता र उता फ्याट्ट-फ्याट्ट उफ्रिदै थिए।
बिस्तारै हिडेकाले गढी पुग्न हामीलाई लगभग दुई घण्टा लाग्यो। त्यताबाट गाई चराएर फर्किदै गरेका गोठालाहरुले भन्दै थिए, “त्यता केहि छैन दाई, दुइटा गढी छन् त्यहि हो, जुका चै टन्नै लाग्छ है त्यता।” चरेर आएका गाई र बाख्राका, कसैका घाँटी त कसैका खुरबाट रगत बगिरहेका देखेरै थाहा हुन्थ्यो जमानामा जङ्गबहादुरले सम्हालेको किल्लालाई अहिले अरु कसैले महत्व नदिएपनि त्यहाँका जुकाहरुले आफुसक्दो सुरक्षा दिइरहेका छन्। सिमसिम पानी परिरहेकाले पनि जुका धेरै सल्बलाएका होलान्, आतङ्कै मच्चाए नि जुकाले त्यत्तिकै मैले शिर्शकमै “जुकाको जात्रा” लेखेको हैन।
माथी पुगिसकेपछि हामीले दुवै गढीहरुका भग्नावशेषहरु, एकापट्टिबाट सिधै तल देखिने भोटेकोशी, अर्कोपट्टिबाट मकैबारीले सजिएको यार्मासिङ गाउँ र कुहिरो हट्दा देखिने तिब्बतको खासा बजार हेर्यौ, केहि फोटोहरु खिच्यौं। त्यहाँ गढीभित्र छिर्ने पर्खालको पत्रे द्वारको डिजाईन चाँहि गज्जबको रहेछ। तल्लो गढीको छेउमा एउटा गज्जबको एन्टेना थियो (पुरानो हैन), त्यसको प्रयोजन चाँहि के हो कुन्नि खै।
केहि बेर त्यहाँ बिताएपछि खुट्टा देखि घाँटीसम्म लागेका जुका फाल्दै हामी खाने र बस्ने ठाउँको खोजिमा ओरालो लाग्यौं। विहान पुरानो बसपार्कमा अण्डा, आलु र चिया, बाह्रबिसेको हिमशृङ्खला(भिमसेनगोला) होटेलको दाल-भात, उकालोको एउटा पसलमा पाईएको चिनियाँ कोक, आनीले दिएको नासपाती बाहेक हामीले केहि खाएका थिएनौं, त्यसैले हाम्रो पहिलो खोजि थियो – खानेकुरा।
मैले यो लेख्न शुरु गर्नुको मुख्य कारण एकजना शेर्पा दाई हुन् जसकोमा हामी त्यो दिन फर्केर बास बसेका थियौं। धेरै कुरा एकैपटक कति लैख्नु, यत्ति लेख्न त कत्रो महाभारत भयो, कहिले के कहिले के, धेरैजसो त ईन्टरनेट स्पीडकै समस्या। ती दाईको कुरा र दुगुना गढीबाट फर्किंदाको कथा-व्यथा चाँहि अर्को पटकको लागि थाति….
Download Day 2008 — Spread Firefox!
Have you helped set any wacky records? If not (or even yes), you can do it now:
Download Firefox 3 on THE DAY and contribute to the attempt to set a world record for the most software downloads in 24 hours. Firefox community has created a mission to set a Guinness World Record for the most software downloaded in 24 hours!
Climbing Mukti’08!
Last week, I went to India upon invitation of the organizers of Mukti’08 /Aarohan2k8 of NIT Durgapur. I forgot all the tiredness caused by 10hrs of bus ride plus 20hrs of train journey to Durgapur from Kathmandu when I found so much excitement and eagerness of the participants to get involved in One Laptop Per Child (OLPC) after I talked about “OLPC – what it is, and how you can get involved?”. My talk, named as “Gurukool“, was one of the cool events with interesting code names like “Shrishti”, “Shrijan”, “Khulla Maidan”, “Konfigure” etc. Those events ran non-stop, day and night from 14th to 17th of February with several participants from institutions all over India.
I was also asked to be judge of different competition. Being a judge is not an easy job (at least for me), but I got chance to get encountered with some really good projects like, TarFS, Mobile (Pedal) Charger, Smart Garden, and project done by RMS ( not real RMS but guys had given this nickname for him:) , I forgot his real name).
I would like to thank the organizers for giving me chance to share about OLPC (plus sponsoring my visit
. Many thanks to Bibek, Saurabh, Kushal, Tonmoy, Mitesh, Biswas, Indu, Ujjwal, Sushil, Raj, Shridhar, Bihan, Nawraj and the team for their tireless and excellent hospitality while I was there.
And kudos to “LUG NIT Durgapur” for publishing really informative magazine, “LINIT”.





